काठमडौँ– नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दल, सुनसरीका सभापति सिजन गुरुङले आफ्नो जन्मदिनको अवसरमा ‘वृक्षारोपण अभियान’ को थालनी गरेका छन् ।
उनले शुक्रवार आफ्नो जन्मदिनको उपलक्ष्यमा ‘एक तरुण, दश बिरुवा, पर्यावरण संरक्षणका लागि उपयोगिता’ भन्ने मुल नाराका साथ वृक्षारोपण अभियानको थालनी गरेको हिमालय पोष्टलाई बताए ।
यस अभियानअन्र्तगत सुनसरी तरुण दलका प्रत्येक कार्यकर्ताले आफ्नो जन्मदिनको अवसरमा सकेसम्म सामुदायिक वनमा कम्तिमा पनि १० वटा बिरुवा अन्यथा आफ्नै घरवरपर सकेजति बिरुवा रोप्ने अध्यक्ष गुरुङले जनाए ।
पर्यावरणको स्वच्छ बनाउनु सबैको दायित्व रहेको बताउदैँ उनले यसबाट मानव जाति मात्रै नभई सम्पूर्ण प्राणीहरु समेत लाभान्वित हुने सुनाए ।



























































