काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले निर्णयबद्व रुपमै आफूलाई गिरफ्तार गर्न लागेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


पक्राउपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले सो अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यदि उनीहरुले जस्तै कुनै सम्झौता गरेको भए सरकार लम्न्थ्यिो होला । हामीले यो अप्ठ्यारो महशुस गर्नुपर्ने थिएन उनले भने, ‘मलाई था‘छ, जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो त्यही दिन चिन्ता नगर्नुस् रविलाई जसरी भएपनि जेल कोच्छौँ भन्ने सम्झौता भएको थियो ।

आफुले कुनैपनि न्यायिक प्रक्रियाका लागि अदालतलाई सम्मान गर्ने बताउदैँ उनले थपे, ‘तर यो राजनीतिक पूर्वाग्रहविरुद्व खुलेर लड्न पनि आग्रह गर्न चाहान्छु ।’ आफूले कुनै अपराध नगरेको उनको दाबी छ । ‘मैले अपराध नगर्दा पनि राज्यले सम्पूर्ण शक्र्ति लगाएर जुन कार्य गरेको छ, त्यसलाई नेपाली जनताले हेरेको छ भन्ने विश्वास गरेको छु ।

यद्यपि आफूले न्यायिक प्रक्रियालाई सघाउने बताउदैँ उनले राज्यको दादागिरी डटेर सामाना गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे ।