काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै कास्कीको पोखरा लगिदैँ छ ।


ADVERTISEMENT


आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका उनको पक्राउविरुद्व उनका समर्थकले प्रधानमन्त्री ओलीविरुद्व नाराबाजी लगाएका थिए । यद्यपि पक्राउका क्रममा प्रहरीलाई कुनै किसिमको अवरोध वा प्रतिकार नगरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले स्पष्ट पारेका थिए ।


ADVERTISEMENT

# # #


नभन्दै अन्ततः लामिछानेले न्यायिक प्रक्रियामा राज्यलाई सघाउने भन्दै घण्टी बजाएर आफ्नो गिरफ्तारी दिए । पक्राउपछि सिधै पोखरा लग्न लागिएको रवि भएको गाडीलाई पछ्याउदैँ उनकी पत्नी निकिता पौडेल आफ्नै गाडी चढेर पोखरा जादैँछिन् ।

निकिताबाहेक रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले दुवै पोखरा जाँदैछन् । स्वर्णिम पहिले नै प्रस्थान गरिसकेको बुझिएको छ । रास्वपाका अधिकांश पदाधिकारीहरू प्रहरीको गाडी पछिपछि हिँडेका छन् ।

रास्वपाको युवा दस्ता (र्यापिड एक्सन टीम) पनि रविप्रति समर्थन जनाउन पोखरा जाने भएको छ । यसका लागि गाडीहरूको बन्दोवस्त मिलाउने काम भइरहेको स्रोतले बताएको छ ।

पक्राउ परेका रविलाई आज बिहानै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बैठकमा बोलाएर उनी जुनसुकै बेला पक्राउ पर्नसक्ने बताएका थिए । सो क्रममा रविले आफ्नो पक्राउविरुद्व सघाउन विपक्षी दललाई आग्रह समेत गरेका थिए ।

रविविरुद्व सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ । सो मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।