काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि भारी अंकका गिरावट आएको छ । सोमबार नेप्से ५७.९९ अंकले घटेर २ हजार ६३९.९२ अंकमा झरेको हो । लगातार तेस्रो दिन ओरालो लागेको नेप्से आइतबार ४७.४४ अंकले घटेको थियो ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आज विभिन्न ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर ५ अर्ब ९० करोडमा कारोबार भएको हो । यसअघि बिहीबार नेप्सेमा ७ अर्ब १९ करोडको कारोबार भएको थियो ।
आज सबै क्षेत्रका सूचक घटे । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घटेको छ भने बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१ प्रतिशतले आरालो लागेको छ । यस्तै जीवन बीमा क्षेत्र २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटेको छ । ५८ कम्पनीको शेयर बढ्दा २५४ कम्पनीको शेयर मूल्य ऋणात्मक बनेको छ भने ७ कम्पनीको शेयर यथास्थितिमै रहेको छ ।
जस अनुसार आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९.९८ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेडको शयर ९.८२ प्रतिशतले उकालो लागेको छ । यस्तै कालिका लघुवित्त वित्तीय संस्थाको ५.५२ प्रतिशत, पिपुल्स पावरको ४.८४ प्रतिशत, मानुसी लघुवित्तको ३.९९ प्रशित, सप्तकोशी डेभलपमेन्ट बैँकको शेयर ३.५६ प्रतिशतले बढेको छ ।
यता नाग्दी ग्रुप पावरको शेयर ८.८१ प्रतिशतले आरालो लागेको छ भने गुडविल फाइनान्सको शेयर ५.६५ प्रतिशत, छ्याङ्दी हाइड्रोको शेयर ४.७९ प्रतिशतले घटेको छ । यस्तै इस्टर्न पावरको ४.७५ प्रतिशत, गुर्खा फाइनान्सको ४.६७ प्रतिशत, समृद्धि फाइनान्सको शेयर मूल्यमा ४.६५ प्रतिशतले कमी आएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । प्रतिकित्ता ८५५ रुपैयाँमा कारोबार भएको उक्त कम्पनीको शेयर कारोबार २२ करोड ३ लाख रुपैयाँ रह्यो । यस्तै न्याग्दी ग्रुप पावरको शेयरमा १७ करोड ७६ लाखको कारोबार भयो । सबैभन्दा धेरै शेयर संख्या कारोबारमा भने कुमारी बैँक शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीका ७ लाख ३१ हजार ७४१ कित्ता शेयर किनबेच भए ।



























































