काठमाडौँ – काठमाडौँमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्सविरुद्धको खेलमा नेपालले गोलको वर्षा गरेको छ । काठमाडौँको दशरच रंगशालामा भएको खेलको पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ७ गोल गर्दै माल्दिभ्सलाई ११–० ले हराएको हो ।


ADVERTISEMENT


जसक्रममा रेखा पौडेलले ५ गोल गरिन् भने प्रीति राईले ह्याट्रिक गरिन् । यस्तैसविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान १–१ गोल गरे ।


ADVERTISEMENT

# # #


खेलको छैटौँ मिनेटमै प्रितीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । यस्तै २९औँ मिनेटमा सबिताले गोल गर्दै नेपाललाई २–० को अग्रतामा पुर्याइन् । त्यसपछि ३२औँ र ४२औँ मिनेटमा गोल गोल गरिन् ।

यस्तै ४८ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने ६३औं र ७८औं मिनेटमा थप गोल गरिन् । यस्तै ६५ औं मिनेटमा प्रीति राईले व्यक्तिगत दोस्रो र ८७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

यस्तै अनिता केसीले ६८ औं र अमिशा कार्कीले ८८ औं मिनेटमा गोल गरिन् ।

७ राष्ट्र सम्मिलित च्याम्पियनसिपको समूह ‘बी’मा रहेको नेपाल पहिलो जितसँगै शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा १ जित र १ बराबरीसहित ४ अंक बटुलेको छ । यस्तै भुटानले पनि समान नतिजामै ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

श्रीलंकाले २ खेलमा १ जित र १ हारसहित ३ अंक ल्याएको छ भने माल्दिभ्स २ खेलमा दुबै हार व्यहोर्दा अंकविहीन हुँदै चौथो स्थानमा रहेको छ । यता समूह ‘ए’मा भारत १ खेलमा १ जितसहित ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने बंगलादेश र पाकिस्तान १ खेल बराबरी खेल्दै समान १–१ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

नेपालले प्रतियोगितामा उपाधि जित्ने लक्ष्य राखेको छ ।