बुटवल– सहकारी ठगीको आरोपममा पक्राउ परेका पूर्वडिआईजी छविलाल जोशीको बयान शुरु भएको छ ।
गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक रहेका जोशी रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।
यता भित्र जोशीको बयान चल्दै गर्दा सहकारी पिडितले भने कार्यालय परिसरमा वचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन थालेको छ । वचत रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरुमो प्रमुख माग छ ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जीबी राई, रवि लामिछाने र कुमार रम्तेलको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।गत ६ असोजमा काठमाडौँबाट पक्राउ परेका जोशीलाई सोही दिन पोखरा लगिएको थियो ।
सुप्रिम सहकारी अपचलनको मुद्दा यसअघि नै अदालत पुगिसकेको छ । जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पूरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुल्ला रहेको छ ।
सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो ।



























































