काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । दिनभर उतारचढाव भएको नेप्सेमा अन्तिममा ५५.८८ अंकले वृद्धि भएर घटेर २ हजार ६६५.८१ बिन्दुमा रोकिएको हो ।


ADVERTISEMENT


नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज विभिन्न ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर ४ अर्ब १७ करोडमा कारोबार भएको हो । यसअघि सोमबार नेप्सेमा ५ अर्ब ९० करोडको कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


आज २ सय कम्पनीको शयर बढ्दा ३९ कम्पनीको शेयर आरालो लाग्यो भने ५ कम्पनीक शेयर स्थिर रह्यो । आज सबै क्षेत्रका सूचक बढेका छन् । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढे ।

सबैभन्दा धेरै रावा इनर्जीको शेयर ८.८६ प्रतिशत बढेको छ भने मनकामना इनर्जी हाइड्रोको शेयर ७.८२ प्रतिशत उकालो ल्याग्यो । यस्तै थ्रीस्टार हाइड्रो ६.३६ प्रतिशतले बढ्दा माहुली लघुवित्त ६.१० तथा मैलुङखाला जलविद्युत ६ प्रतिशतले बढ्यो ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ४.७५ प्रतिशतले ओरालो लागेको छ भने कालिका लघुवित्तको शेयर मूल्य ४.६९ प्रतिशतले घटेको छ ।