काठमाडौँ– गोदावरी नगरपालिका चापागाउँमा हुन लागेको छैठो वीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिताको लागी मुल आयोजक कमिटीका संयोजक बिनोद महर्जनको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपकमिटी गठन गरेको छ।
उक्त कमिटीमा आर्थिक संयोजकमा बिनोद महर्जन रहेको छ। त्यस्तै समारोह संयोजकमा सुरज श्रेष्ठ अतिथि सत्कार संयोजकमा मिलन सिल्वाल सुरक्षा संयोजकमा दयाराम महर्जन यातायात तथा बसोबास संयोजकमा हरि गोबिन्द महर्जन भोजन ब्यबस्थापन संयोजकमा राजेन्द्र महर्जन प्रचार प्रसार संयोजकमा सागर चित्रकार रहेको छ।
नेपालकै ठुलो धनराशि रहेको प्रतियोगिता मंसिर २७,२८ र २९ गते सम्म चल्ने जनाइएको छ । प्रतियोगितामा कराते, तेक्वान्दो , उसु, बक्सिङ मुआई थाई, के वान, आइटी एफ, सो-क्योकुसिन कराते, फुलकन्ट्याक्ट् कराते नेपाल आर्मी नेपाल प्रहरी र शसस्त्र प्रहरीको टीमले सहभागीता जनाउनेछन् ।
उक्त प्रतियोगितामा प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीले रु ३० हजार द्वितीय हुने खेलाडीले रु १५ हजार र तृतीय हुने २ जना खेलाडीले रु ८, ८ हजार सहित मेडल र प्रमाणपत्र पाउने छ।
त्यस्तै उत्कृष्ट पुरुष र महिला खेलाडीले रु २५, २५ हजार पाउने छ। त्यस्तै सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने टीमलाई टीम च्याम्पियन स्वरुप रु १ लाख सहित ट्रफि प्रदान गरिने छ। त्यसै दोस्रो हुने टीम च्याम्पियनलाई रु ५० हजार नगद सहित ट्रफि प्रदान गरिनेछ।
त्यस्तै तेस्रो हुने टीम च्याम्पियनलाई रु १५ हजार नगद सहित ट्रफि प्रदान गरिनेछ। उक्त किकबक्सिङ प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका रहेको संयोजक बिनोद महर्जनले बताए।




























































