काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जिम्मेवारी सम्हालेको एकसय दिनमा स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान केन्द्रीत गरेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य केन्द्रको सुधार, दरबन्दी मिलान, विशेषज्ञता हासिल गरेका चिकित्सकको परिचालन भएको बताए ।


ADVERTISEMENT

# # #


स्वास्थ्य क्षेत्रका तत्कालीन तथा दीर्घकालीन महत्वका समस्या समाधानका कार्यहरु अघि बढाइएको भन्दै मन्त्री पौडेलले बिपन्न नागरिकलाई सहज रुपमा स्वास्थ्य उपचार पार्ने कामको सुरुवात भएको जिकिर गरे ।

उपचार सेवालाई थप सहज बनाउनका लागि अस्पतालहरूमा टोकन प्रणाली लागू गरि दुई सिफ्टमा बहिरंग सेवा सुरु गरेको, देशका सबै प्रदेशका अस्पतालबाट निःशुल्क जलन उपचारको व्यवस्था गरिएको उनले बताए ।

यसैअवधिमा महिला स्वास्थ्य स्यंमसेवीहरुलाई सार्वजनिक यातायात शुल्क नलाग्ने व्यवस्था गरिएको, ८ हजार ६ सय ७८ महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ गरिएको समेत उनले जानकारी दिए । उनले स्वास्थ्यबीमा कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको पनि बताए ।