काठमाडौं- सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।


ADVERTISEMENT


देशभर अविरल वर्षा र बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थालाई मध्यनजर गर्दै नाडाले अटो शोको अन्तिम तीन घण्टालाई राहतमा योगदान गर्ने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


आयोजकले सर्वसाधारणलाई अटो शोमा सहभागी भई अभियान सफल बनाउन आग्रह गरेको छ।

संकलित रकम आधिकारिक राहत कोषमार्फत निष्पक्ष र पारदर्शी रूपमा प्रभावित क्षेत्रका पीडितसम्म पुर्‍याइने नाडाले जनाएको छ।