काठमाडौँ – काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले श्रीलंकाविरुद्ध शानदार जित हात पारेको छ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–०ले हराएको हो ।
नेपालका लागि पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले २ तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले १–१ गोल गरेका हुन्। यस्तै दोस्रो हाफ सुरु भएपछि खेलको ४७औँ मिनेटमा अश्तिा कार्कीले व्यक्तिगत पहिलो र नेपालका लागि पाँचौँ गोल गरिन् । खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यसपछि जारी प्रतियोगिताको पहिलो खेल खेलेकी साबित्राले ११औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
यस्तै १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् भने खेलको ३६औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो ।
यस्तै ९४औँ मिनेटमा अनिता बस्नेतले दिएको कर्नरमा रश्मी कुमारी घिसिङले हेडमार्फत गोल गर्दै श्रीलंकाविरुद्ध नेपालको स्कोर ६–० पुर्याइन् । आजको जितसँगै समूह ‘बी’को विजेता बनेको नेपालले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारतको समना गर्नेछ ।
यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता बनेको बंगलादेशले समूह ‘बी’को उपविजेता भुटानसँग खेल्नेछ । समूह ‘ए’को पाकिस्तान, समूब ‘बी’का श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।


























































