काठमाडौँ – लक्ष्मी सनराइजले पोखरा महानगरपालिकामा आफ्नो सेवा विस्तार गर्न शाखा स्थानान्तरण गरेको छ । बैंकले पोखरा महानगरपालिका, वडा नं. २६ बुढीबजारमा रहेको शाखा स्थानान्तरण गर्दै वडा नं. ६ हल्लनचोक (लेकसाइड) पोखरामा स्थानान्तरण गरेको हो ।


ADVERTISEMENT


शाखा स्थानान्तरण भएसँगै बुढीबजार आसपासका ग्राहकले करिब ३ किमि उत्तरतर्फ रहेको वडा नं. २७ स्थित तल्चोक शाखाबाट सेवा लिनसक्ने छन् ।


ADVERTISEMENT

# # #


साथै, आफ्नो सेवालाई थप विस्तार गर्न बैंकले पोखरा महानगरपालिका, वडा नं. १६, बाटुलेचौरमा आफ्नो २७औँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ ।

यसबाहेक बैँकले अर्को शाखा रौतहटको गौर नगरपालिका, वडा नं. ३ लाई सुविधाका लागि सोही वडामा ३० मिटर पूर्व सारेको छ । यो कदमसँगै बैंकले अब नयाँ र पहिले सेवा नपुगेका क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न सक्नेछ ।

नयाँ स्थानान्तरण गरिएको शाखा आफ्ना ग्राहकहरूलाई पूर्ण दायराको खुद्रा बैंकिङ सेवाहरू प्रदान गर्न र साना तथा ठूला व्यवसायहरूमा आफ्ना सेवाहरू विस्तार गर्न सुसज्जित रहको बैँकले जनाएको छ र

लक्ष्मी सनराइजले देशभरका ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्टमार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।