काठमाडौँ – महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी ऐन २०७५ संशोधनको लागि मस्यौदा भइरहेको बताएका छन् ।
आफ्नो कार्यकालको सय दिनको उपलव्धी सार्वजनिक गर्न आइतबार सिहदरबारमा पत्रकार सम्मेलन गर्दै उक्त ऐन संशोधनका लागि मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगको बताएका हुन् ।
आफ्नो कार्यकालमा मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलालाई स्वदेश फिर्ता गरि पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापना गरिएको समेत उहाले बताए ।
त्यस्तै त्यस्तै ४८ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाइ उद्धार गरिएको, सडक बालबालिकामुक्त बनाउने सरकारको निर्णयलाई कार्यान्वयनका लागि उद्धार, पुनर्स्थापना, संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडी बढाइएको, महिला समुत्थान परियोजना मार्फत निर्माण हुने मंगला साहना दीर्घकालिन पुनर्स्थापना गृहको जग्गा विवाद सुर्य विनायक नगरपालिकाको समन्वयमा समाधान गरिएको मन्त्री सुडीले बताए ।
उनले महिला समुत्थान परियोजना कार्यान्वयनका लागि नेपाल सरकार र लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेश सरकारबीच साझेदारी सम्झौता सम्पन्न भएको समेत जानकारी दिए । त्यस्तै उनले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउन पाँच वटा संघीय मन्त्रालयहरुको भौतिक संरचनाको पहुँचयुक्त परीक्षण कार्य सुरु भएको उल्लेख गरे ।
वेवरिसे बालबालिका १४० जना उद्दार गरिएकोमा ९१ जनालाई परिवारिक पूनर्मिलन गरिएको, बाल बिवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१ निर्माणको अन्तिम चरणमा रहेको उनले बताए ।


























































