काठमाडौँ– नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुन र चाँदीका सिक्का (असर्फी) को बिक्रीवितरण शुरू गरेको छ ।


ADVERTISEMENT


बैंकले बबरमहलस्थित टक्सार विभागमा आज धनतेरसको दिन असर्फी बिक्री खुला गरेको हो । विभागमा असर्फी किन्न बिहान ५ बजेदेखिकै सर्वसाधारणको लाम लागेको छ ।


ADVERTISEMENT

# # #


विभागको गेटबाट घुमेर लाइन बिजुली बजारको पुलसम्मै पुगेको छ । सुन र चाँदीको सिक्का किन्नेको फरकफरक लाइन गरिएपनि मूल गेटबाट प्रवेश अव्यवस्थित हुँदा यहाँको माहोल अस्तव्यस्त छ ।

प्रतिव्यक्ति २.५ ग्राम तौलको सिक्का बिक्री गरिरहेको महाशाखाले असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइने बताएको छ ।

तस्बिरः गोपाल दाहाल/रासस