काठमाडौँ – दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको फाइनल खेलमा बङ्गलादेशले नेपालविरुछ दोस्रो गोल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी फाइनल खेलमा बंगलादेशकी रितु पोर्णचक्माले ८२औँ मिनेटमा शानदार गोल गरेकी हुन् ।


ADVERTISEMENT


यसअघि बंगलादेशकी मोनिकाले ५२औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । बंगलादेशले अग्रता कायम गरेको ४ मिनेटमै नेपालले गोल फर्काएको थियो । नेपालकी ५६औँ मिनेटमा अमिषा कार्कीले उत्कृष्ट गोल गरेकी हुन् ।


ADVERTISEMENT

# # #


फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमेत दशरथ रङ्गशालामा उपस्थिति छन् ।