काठमाडौँ– नेपाली सेनाको श्री भैरव वाहन गुल्ममा कुकुर तिहारको दिन कुकुर पूजा गरिएको छ ।


ADVERTISEMENT


बिहीबार सेनाको भक्तपुरको सानो थिमिस्थित भैरव बहान गुल्ममा ‘सैनिक डग प्रदर्शनी’ मा रेस्क्यु कलाका साथै गुल्ममा रहेका कुकुरहरुको पूजा गरिएको थियो । कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ ।


ADVERTISEMENT

# # #


सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ ।

एउटा स्वस्थ कुकुरले आठ वर्षको उमेरसम्म पूर्णरुपमा काम गर्न सक्ने बताइएको छ ।