काठमाडौँ– नेपाल महर्षी वैदिक फाउण्डेशनको आयोजनामा हुन लागेको अतिरुद्र विश्वकल्याण विराट महायज्ञअघि काठमाडौंमा कलश यात्रा निकालिएको छ ।
बिभिन्न संघ संस्थाको अगुवाइमा बुधबार काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक बाजागाजासहितको कलश यात्रा निकालिएको हो ।
फाउण्डेशनले महर्षि महेश योगीले पहिलो पटक नेपाल भ्रमण गरेको स्वर्ण वर्षको अवसरमा बुधबारदेखि देखि २५ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा महायज्ञ आयोजना गरेको हो ।
राष्ट्रको दिगो शान्ति एवं समृद्धि तथा विश्वकल्याणका लागि १ हजार १११ भावातीत ध्यान एवं सिद्ध साधक वैदिक वटुकहरूबाट सनातन वैदिक परम्परा अनुसार अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताए ।
विराट महायज्ञमा विश्वका बिभिन्न देशबाट आध्यामीक व्यक्तित्वको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।