काठमाडौँ– ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । नेपाललाई शान्तिनगरस्थित ग्रेटर नेपालको कार्यालयबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर, भद्रकाली ल्याइएको छ ।


ADVERTISEMENT


उनलाई हाल नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा नियन्त्रणमा लिइएको बुझिएको छ ।


ADVERTISEMENT

# # #


नेपालले हिजो नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने, अन्यथा यो प्रचलन रोक्नुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।

भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ पर्ने गरेका छन् ।

यसैक्रममा उनले हिजो सार्वजनिक गरिएको विज्ञप्तिको आधारमा भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउन सक्ने आशंकमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए ।

शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि उनलाई नियन्त्रणमा लिएर होल्डमा राखेका छौँ’, अधिकारीले भने ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।