काठमाडौँ – भारतीय स्थल सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको छ । बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
नेपाल र भारतका सनाध्यक्ष एक अर्कोको देशका मानार्थ महारथी हुने प्रचलन रहेको छ । भर्खरै मात्रै भारतीय स्थल सेनाका सेनाध्यक्ष बनेका द्विवेदीलाई सोही प्रचलन अनुसार मानार्थ महारथी दिइएको छ । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्माओली, रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति अशोक सिग्देल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
द्विवेद्वी प्रधान सेनापति अशोक सिग्देलको निमन्त्रणामा बुधबार नेपाल आइपुगेका थिए । नेपालका प्रधान सेनापतिले पनि भारतको मानार्थ सेनापति हुन्छन् । भर्खरै मात्रै सेनापति बनेका सिग्देलले भने भारत जान पाइसकेका छैनन् ।






























































