काठमाडौँ– नेपाल इन्स्योरेन्सका पूर्व उपप्रमुख अधिकृत तथा बीमा विज्ञ विक्रान्त पाण्डेले नयाँ बीमा सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
‘‘नीयोलाइट माइक्रो’ नाम रहने उक्त कम्पनीको सबै तयारी सकिसकेको यद्यपि सरकारको तर्फबाट अनुमति कुरेर बसेको पाण्डे बताउँछन् । उनी भन्छन्, ‘सरकारले अनुमति प्रदान गरे सबैका लागि बीमा गर्नेछ ।’
‘बीमा सबैलाई आवश्यक छ र यो सबैको पहुँचमा पुग्नुपर्छ’, भन्ने अडान लिएका उनी नेपालमा बीमा कार्यक्रम सञ्चालनको लामो समय बितिसक्दा पनि यसले पाउनुपर्ने उचाई नपाएको देख्दा भने खिन्न छन् । यद्यपि बीमासम्बन्धि चेतना र ज्ञान नपुगेका स्थानहरुमा गएर माइक्रो इन्स्योरेन्सका रुपमा काम गरेर कम्पनीहरुले काम गर्न सकेको खण्डमा देशको अर्थतन्त्र र जनताको सुरक्षामा पनि टेवा पुग्ने थियो भन्ने उनको बुझाइ छ ।
यस्तो कदमले विस्तारै डेभलमेन्ट बैंकहरु कमर्सियल बैंक भए जस्तै गरी बीमा कम्पनीहरु ठूला हुँदै जान्छन् । देशको अर्थतन्त्र पनि मजबुत हुँदै जान्छ’, उनले भने, ‘आजको अवस्थामा बीमा गर्नु आवश्यकता नै भएर आएको पनि छ । यसले सुरक्षा प्रदान गर्छ भन्ने मेरो विश्वास छ । र, आमव्यक्तिले पनि ढिलोचाँडो यसको महत्व बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ ।’
नेपालीहरुले संवैधानिक रुपमा नै बीमाको सुरक्षा पाउनुपर्ने जनाउदैँ उनी सो अभियानले पूर्णता नपाएसम्म यसैमा लागिरहन बताउँछन् । ‘यसबाट रोजगारी पनि सिर्जना हुन्छ । हजारौं मान्छेलाई रोजगारी दिने मियो लाइफ माइक्रोको योजना छ । अहिले समग्रमा बीमा कम्पनीहरुले ३०–४० प्रतिशत जनतालाई बीमाको दायरामा समेटिरहेका छन् । भविष्यमा सय प्रतिशत जनतालाई बीमाको दायरामा समेट्नुपर्छ’, उनले सुनाए ।
उनले सञ्चालनलमा ल्याउन लागिएको भनिएको नीयोलाइटले कृषिदेखि स्वास्थ्य, दुर्घटना, लघु उद्योग तथा चौपायाहरु लगायतको बीमा समेट्ने उनको भनाई छ ।



























































