बागमती – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले संघीय युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद सदस्य सचिबको आन्तरिक द्वन्दका कारण १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न नसकेको उनले बताएका छन् ।
बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको उसु प्रशिक्षक तथा रेफ्री आधारभुत तालिम कार्यक्रम उट्घाटन गर्ने क्रममा मन्त्री महर्जनले सो धारणा व्यक्त गरेका हुन् ।
‘खेलाडीहरु मेडल ल्याउन निम्ति दिनरात प्रशिक्षण गर्छ, अनि सरकारले गेम नै संचालन नगरेपछि खेलाडीहरु केको लागि प्रशिक्षण गर्छ’, उनले भने, ‘खेलाडीहरु अन्तर्राष्ट्रिय जगतमा नेपालको झन्डा फरफराएर पदक हासिल गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको पहिचान गराउने खेलाडीहरु देशका चर्चित खेलाडीहरु यस्तै कारणले गर्दा बिदेशिन बाध्य छन् ।’
राज्यले खेलकुदमा लगानी गर्ने हो भने बागमती प्रदेश नै खेलकुद मय बनाउने मन्त्री महर्जनको भनाई छ । यसबाट बागमती प्रदेशको खेलकुदले जस्तो अरु प्रदेशले पनि सिक्न सक्ने उनले जनाए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दिपक श्रेष्ठले मैले ८ औं ९औं साफ गेममा स्वर्ण पदक हासिल गरे तर म जतिको खेलाडीको मान सम्म छैन भने अरु खेलाडीहरुको भबिष्य के होला ?’ उनले भने ।
उक्त कार्क्रमको सभापतित्व बागमती प्रदेश खेलकुद बिकास परिषद् सदस्य सचिबले गरेका उक्त प्रशिक्षक तथा रेफ्री आधारभुत कार्यक्रममा १३ जिल्लाकै कोच तथा रेफ्रीहरुको सहभागी थिए ।




























































