सिन्धुपाल्चोक– कृषि विकास बैंकको मेलम्ची शाखाले इलाका प्रहरी कार्यालय, मेलम्चीलाई सिसिटिभी सहयोग गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैकले मंसिर १० गते सम्पन्न एक कार्यक्रमबीच प्रहरी कार्यालयलाई सिसिटिभी हस्तान्तरण गरेको हो ।
यसबाट मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्र्न प्रहरी बललाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदान दिन सक्ने धारणा व्यक्त गरे ।
बैंकले यस क्षेत्रमा करिब १ अर्ब बराबरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गरे ।
ग्रामिण भेगमा गएर खेतवारी धितोको आधारमा कर्जा दिने कृषि विकास बाहेक अन्य कुनै बैंक नरहेकोजनाउदैँ बैंकबाट लिएको कर्जा समयमानै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीयनिकाय, प्रहरी, नागरीक समाज, राजनैतिक संघ संगठन आदिलाई अनुरोध समेत गरे ।
समारोहलाई सम्बोध गर्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्रीकुमार चौलागाईले उक्त सि.सि.टि.भि ग्रहण गर्दै बैंकलाई धन्यवाद दिए । बैंकले गरको यस प्रकारको योगदान दिर्धकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने उनले विश्वास व्यक्त गरे ।