काठमाडौँ – स्थानीय तह उपनिर्वाचनमध्ये ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ ।


ADVERTISEMENT


आइतबार भएको उपनिर्वाचन अन्तर्गत ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको र तीन स्थानको नजिता आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


अब कीर्तिपुर नगरपालिकाको प्रमुख, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष, र उदयपुरको वेलका वडानम्बर ९ को नजिता आउन बाँकी रहेको छ ।

यसैबीच उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालीकाको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल अघि छन् भने एमालेका सुरेन्द्र मानन्धर दोश्रो र माओवादी केन्द्रका शिवशरण महर्जन तेस्रो स्थानमा छन् ।