चितवन–जिल्ला सरकारी वकिल कार्यालय चितवनस्थित रवि लामिछानेको बयान ४ बजे सकिने भएको छ ।
साहरा सहकारीको रकम हिनामिना गरेको अभियोगमा बयानका लागि बुद्ध एयरको जहाजबाट चितवन ल्याइएका रवि लामिछानेको बयान ४ बजेसम्म मात्रै हुने बुझिएको हो । आज बयान नसकिए भोलि पनि गरिने जनाइएको छ ।
चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेसँग बयान लिइरहेका छन् । लामिछानेको बयान दिउँसो १२ बजेदेखि सुरु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।



























































