काठमाडौँ– संसद् सेवा दिवसका अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।
भृकुटी मण्डपमा रहेको फुटसलमा आयोजित खेलको प्रतिनिधि सभाका तर्फबाट सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका तर्फबाट अध्यक्ष नारायणप्रसाद दाहालले टीमको नेतृत्व गरेका थिए । खेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३–० को अन्तरले पराजित गर्र्यो ।
संसद् सेवा दिवसका अवसरमा संघीय संसद सचिवालयले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।




























































