काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक योजनाअनुसार उत्कृष्ट कार्य गरी लक्ष्य हासिल गर्ने सफल अभिकर्ताहरूका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।


ADVERTISEMENT


ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले पहिलो बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्ट सफलता हासिल गरेको उल्लेख गर्दै त्यसमा योगदान पुर्‍याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई अझ गुणस्तरीय सेवा र सुविधा प्रदान गर्दै अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउन कम्पनी विशेष रूपमा केन्द्रित रहने बताए।

कार्यक्रममा चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय उपाधि एमडीआरटी (MDRT) हासिल गर्न आवश्यक रणनीति, सीप र कार्यशैलीबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रमको समापनतर्फ स्ट्यान्डअप कमेडियन सुमन कार्कीको प्रस्तुति, चर्चित कलाकार रामचन्द्र काफ्ले र जुनु रिजालको सांगीतिक प्रस्तुति तथा गायक दीपक बज्राचार्य एन्ड रिदम ब्याण्डको लाइभ कन्सर्टसँगै चर्चित डीजेको प्रस्तुति रहेको थियो। सांस्कृतिक कार्यक्रममार्फत सहभागी अभिकर्ताले भरपूर मनोरञ्जन लिएका छन्।