पोखरा– रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा उपस्थित गराइएको छ ।
पछिल्लोपटक थप गरिएको ४ दिनको म्याद सकिएपछि आज फेरि अदालत लगिएको हो ।
प्रहरीले रविलाई अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको छ। सो सम्बन्धमा अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ ।
लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशी तथा जीबी राईका साझेदार रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई पनि अदालत लगिएको छ ।
उनीहरुको म्याद थप सम्वन्धी बहस न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासमा परेको छ ।