काठमाडौँ– प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र भारतको औपचारिक भ्रमणपछि स्वदेश फिर्ता भएका छन् ।


ADVERTISEMENT


भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंसिर २६ गते भारत पुगेका उनी आइतबार स्वदेश फर्केका हुन् ।प्रधान सेनापति महारथी सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग के।सी।ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


भारत भ्रमणको क्रममा मिति २०८१ मंसिर २७ गते प्रधान सेनापति महारथी सिग्देललाई भारतीय महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।

भ्रमणको सिलसिलामा प्रधान सेनापति महारथी सिग्देल भारतको देहरादुनस्थित क्ष्लमष्बल ःष्ष्तिबचथ ब्अबमझथ मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथि को रूपमा सहभागीभउका थिए । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका  अधिकृत क्याडेट प्रविन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरु मध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए ।

प्रधान सेनापति महारथी सिग्देलले भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

सोही अवसरमा उनले भारतीय सेनाको दक्षिणी कमाण्ड अन्तर्गतका एयर फार्स स्टेशन, टाटा एडभान्स सिस्टम लिमिटेड लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरे ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने नेपाली सेनाको विश्वास छ ।