काठमाडौँ– विभिन्न कार्यक्रम गरी सोमबार सातौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।


ADVERTISEMENT


राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुरमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय झण्डा दिवस मनाएको हो ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसका साथै राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।