काठमाडौँ– पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)को प्लेअफ समिकरण पूरा भएको छ । सोमबार एनपिएलको लिग चरणको सवै खेल सकिएसंगै प्लेअफ समिकरण पूरा भएको हो ।


ADVERTISEMENT


लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भएका छन् । एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबिच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ ।


ADVERTISEMENT

# # #


सोमबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले पराजित गर्दै सुुदूरपश्चिमले क्वालिफायरमा स्थान बनाएको हो । कर्णाली याक्सले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमल २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रनको योगफल तयार गरेको थियो ।

एनपिएलको फाइनल खेल भने आगामी शनिवार हुने क्यानले जनाएको छ ।