काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाइ प्रभावित गर्ने काम उचित नभएको बताएका छन् ।
दि राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृतिले अनुसन्धानलाइ प्रभावित गर्ने देखिएको बताएका हुन् ।
न्यायलयमा गइसकेको बिषयमा त्यसले गर्ने निर्णयलाई सवैले मान्नुपर्ने उनले बताए । उनले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायीत्व प्रदान गर्नेमा केन्द्रीत रहेको उल्लेख गरे । गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे ।
सरकारको कार्यशैलीलाइ सुधारेर अस्तव्यवस्त रहेको मलुकको अवस्थालाई व्यवस्थीत गर्दै अघि बढिरहेको उनको भनाई छ । गुरुङले मुलकमा दिगो स्थायीत्व कायम गर्न सके मात्रै दिगो बिकास सम्भव रहेको बताए । उनले सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिए ।































































