बारा– बाराको महागढिमाई नगरपालिका–१ को बरियारपुरस्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेला माघ ५ गते औपचारिक रुपमा समापन हुने भएको छ ।


ADVERTISEMENT


मंसिर ०१ गते देखि लागेको मेला मंसिर ३० गते समापन हुने भनिए पनि औपचारिक रुपमा मेला माघ ०५ गते समापन हुने भएको हो ।


ADVERTISEMENT

# # #


विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले सम्म करिब २ करोड ५० लाख दर्शनार्थीले मेलाको अवलोकन गरिसकेको गढीमाई मेला मुल व्यवस्थापन समितिले जनाएको छ ।

पशुबलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा नेपाल–भारतबाट मात्र नभई यहाँ विश्वका धेरै ठाउँबाट दर्शनार्थीहरु आएर मेलाको अवलोकन गरेका छन्, भने अझै पनि मेला अवलोकन गर्न आउने दर्शनार्थीको भिड जारी नै रहेको छ ।

गढीमाई मातासंग दर्शनार्थीहरुले मागेको मनोकामना पूरा भएपछि यहाँ दर्शनार्थीहरु आफ्नो भाकल पूरा गर्न आउने गरेको धार्मिक विश्वास छ । प्रत्येक पाँच बर्षमा एक पटक गढीमाई मेला लाग्ने गरेको कारण यहाँ दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ ।

विश्व प्रसिद्ध गढीमाई मेलामा एक दिनमै २० लाख सम्म दर्शनार्थीहरुले मेलाको अवलोकन गर्ने गरेको छ । अहिले पनि दर्शनार्थीहरुको भिड रहेकोले मेला अवधीसम्म करिब अझै १५ लाख सम्म दर्शनार्थीहरु मेलाको अवलोकन गर्न आउने अनुमान रहेको महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

बढी भिडभाड भएको कारण धेरै दर्शनार्थीहरु मंसिरमा मेला अवलोकन तथा गढीमाईको भाकल चढाउन बाँकी रहेकोले बाकी रहेका सबै दर्शनार्थीहरु माघ ०१ गते पुन गढीमाई मेलामा आउने गरेको समेत उनले जनाए । २०८१ सालको विश्व प्रसिद्ध गढीमाई मेला अहिले सम्म शान्तिपूर्ण तरिकाले भएको र आउदो दिनमा समेत यस्तै शान्तिपूर्ण तरिकाले मेला सम्पन्न हुने उनको भनाई छ ।

पाँच वर्षको अन्तरालमा मंसिरमा लाग्ने पशुपक्षी बलिका लागि प्रसिद्ध गढीमाई मेलामा हजारौंको संख्यामा राँगा तथा बोकाको बलि दिइएको छ। मेलाअन्र्तगत मंसिर २१ देखि २५ गतेसम्म अलग–अलग पशुपंक्षीको दिइएको थियो । बलिको समयमा ५ दिनसम्म महागढीमाई नगरपालिकाले नगरभित्र सार्वजानिक बिदा समेत दिएको थियो।

मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटिएम, मन्दिर वरिपरि वाईफाई, मेलास्थलको सबै नाकातिर पार्किङ, ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, वारुणयन्त्र तथा भोजनलगायतको व्यवस्था गरिएको छ।