काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न गठित छानविन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने बताएकी छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा मन्त्री भट्टराईले मन्त्री भट्टराईले प्रतिवेदनलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले समेत निर्देशन दिइसकेको भन्दै मन्त्रालय कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रतिवेदनका आधारमा आवश्यक परे जग्गा विवाद समाधान गर्न थप अध्ययन र छानविन गर्न सकिने स्पष्ट पारिन् । शिक्षक दरबन्दी पुनरावलोकनका लागि कार्यदल बनाएर काम सुरु गरिसकेको उनले जानकारी दिइन् ।

शिक्षा मन्त्री भट्टराईले इसिडी पढाउने शिक्षकहरूको समेत उचित व्यवस्थापन गर्न लागिएको उल्लेख गरिन् । उनले शिक्षकहरुको तलवको समस्याका बारेमा आफु मन्त्रालयमा आएपछि जानकारी लिएको र हाल मासिक तलव निकासा गर्न थालिएको बताइन् ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालयले ध्यान केन्द्रित गरेको बताइन् ।