काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करण्ढाको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् । बिहीबार दोस्रो क्वालिफायर्समा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराएसँगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
सुदूरपश्चिम र जनकपुर ८ टोली सहभागी एनपीएलको लिग चरणको अंक तालिकामा क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए । यसअघि पहिलो क्वालिफायर्समा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराउँदै फाइनल पुगेको थियो ।
पराजित जनकपुरले फाइनल प्रवेशका लागि दोस्रो मौका पाएको थियो । यता कर्णालीले प्लेअफमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायर्सको यात्रा तय गरेको थियो ।
फाइनल खेल शनिबार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । एनपीएलमा जनकपुर सुदूरपश्चिमसँग भएका दुवै खेलमा पराजित भएको थियो ।