काठमाडौँ– सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे छलफल चलेको छ ।


ADVERTISEMENT


रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो। सो पत्रको विषयमा सभामुख देवराज घिमिरेले आज संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरेका हुन् ।


ADVERTISEMENT

# # #


सांसद पदको निलम्बन चलिरहेकै समयमा रास्वपा सांसदद्वय सोविता गौतम र गणेश पराजुली सभामुखको कार्यकक्षमा पुगेका छन्। सभामुख घिमिरेले रविको सांसद पद निलम्बन विषयमा सछलफल गरेलगत्तै रास्वपा सांसदहरु पुगेका हुन्।

सभामुखसंगको भेटवार्तामा उनीहरुले के वार्ता गर्दैछन् भन्ने विषयमा भने कुनै पनि जानकारी प्राप्त भएको छैन । यद्यपि उनीहरुको छलफल  पार्टीका सभापति लामिछानेको सांसद पद निलम्बन सम्बन्धमै केन्द्रित हुनसक्ने अनुमान गरिएको छ ।