काठमाडौँ– सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक डाकेको छ।
उपसभापति डीपी अर्यालका अनुसार बैठक आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने उनको भनाई छ।
रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार भइसकेको छ।
यद्यपि संसद सचिवालय भने त्यसबारे विचारधीन अवस्थामा छ । यस विषयमा सभामुख देवराज घिमिरेले आज संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल समेत गरेका छन् । यद्यपि उनले ठोस निर्णय भने लिइसकेका छैनन् ।
यही समयमा अहिले रास्वपाका दुई सांसदद्वय सोविता गौतम र गणेश पराजुली सभामुख भेट्न सांसद पुगेका छन्।





























































