काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनचाहनाअनुसार कानून निर्माणको काम हुन नसकेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार चितवनमा स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा दाहालले कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन नसकेको र बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेको बताएका हुन् । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिबाट समयमा नै विधेयक पारित हुन नसकेको उनले जनाए ।


ADVERTISEMENT

# # #


अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए । उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको सुनाए । उनले सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने उल्लेख गरे ।