काठमाडौँ– नेकपा एमालेले आफूलाई निष्काशन गरेको भन्दै भीम रावलले सो निर्णयविरुद्व असन्तुष्टी जनाएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको प्रतिवाद गर्दै सो निर्णयको विरोधमा उत्रिन समर्थन खोजेका छन् ।


ADVERTISEMENT

# # #


पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको निर्णय सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही रहेको रावलको भनाई छ ।
‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ उनले लेखेका छन् ।

बुधवार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।