काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको बताएका छन् ।


ADVERTISEMENT


माओ दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा विप्लवले जनयुद्धका कारण मुलुकमा परिवर्तन सम्भव भएपनि अहिले संसद, अदालत सवैतिरबाट जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालमा महिला लगाएत पछि परेका समूदायलाई जनयुद्ध कै कारण बोल्ने ठाँउमा पुर्याएको भन्दै विप्लवले जनयुद्धलाई कसैले अपमानित गर्न नपाइने जिकिर गरे ।

उनले माओवादीका धारहरुबीच एकता गर्न आफु तयार रहेको बताए । आफुहरुले ८ महिनाअघि एकताको प्रस्ताव पठाएपनि माओवादी केन्द्रले गम्भीर भएर छलफल नगरेको उनले बताए । उनले तत्काल एकता हुन नसके कम्युनिष्ट, माओवादी र समाजवादीबीचको मोर्चा आवश्यक रहेको धारणा राखे ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समाजवादी क्रान्तिको दिशा तय गर्दै माओवादीभित्र पुनर्गठनको आवश्यकता रहेको बताए । पार्टीभित्र बैचारिक बहस भन्दा गठबन्धनको बहसले प्राथमिकता पाउन थालेकाले बैचारिक बहसका माध्यमबाट पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । वैचारिक बहसमा स्पष्ट हुदै कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन गर्नुपर्ने शर्माको भनाइ छ ।

उनले माओले चिनिया क्रान्तिबाट दिएको शिक्षाबाट सिकेर नेपालको समाजवादी क्रान्तिलाई अघि बढाउन कम्युनिष्ट घटकहरु संकल्पित हुनुपर्नेमा जोड दिए ।