काठमाडौं – ललितपुरको ग्वार्कोमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बिहीबार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ ग्वार्कोस्थीत फ्लाइओभरमा ठोक्किदा पल्टिएको थियो ।


ADVERTISEMENT

# # #


दुर्घटनाका एक महिलाको मृत्यु भएको र अन्य ६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।