काठमाडौँ – नेपालमा ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सुरु गरिएको छ ।


ADVERTISEMENT


बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने सङ्कल्पका साथ राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा उक्त अभियान सुरु भएको हो ।


ADVERTISEMENT

# # #


बालबालिकामा लगानी–सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ सुरु अभियान सञ्चालनका लागि मंगलबार ललितपुरमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले काजगमा कानुन बनाएर मात्रै बालविवाहको समस्या समाधान नहुने भन्दै यसका लागि जनेचतना आवश्यक रहेको बताए।

उनले तीनै तहका सरकारबीच समन्वय नभएसम्म कुनै पनि कानूनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न कठिन रहेको धारणा राखे ।

बाल विवाह मुक्त नेपाल बनाउनका लागि बिभिन्न समस्याको निराकरण गर्दै अघि बढ्नुपर्ने भएकाले सवैको ऐकवद्धता आवश्यक रहेका उनले बताए ।

मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।