काठमाडौँ – प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनियुक्त सचिव राइलाई सपथ गराएका हुन् । सपथपछि सभामुख घिमिरेले राईलाई सफल कार्यकालको शुभकामना दिए ।
त्यस्तै उपसभामुख इन्दिरा राना, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, विभिन्न दलका सचेतकहरुले पनि राइलाई शुभकामना दिएका थिए ।
सभामुख घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए ।



























































