काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराइएको छ ।
शुक्रबार सिंहदरबारस्थीत खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जनालाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई चार बर्षका लागि नियुक्त गरेको थियो ।
परिषद्का सदस्यहरुलाई सपथ गराउदै मन्त्री चौधरीले खेलकुद क्षेत्रको बिकासका लागि आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे ।



























































