काठमाडौँ– प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत ३४ जना बन्दीलाई मुक्त गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।


ADVERTISEMENT


उनीहरुका अनुसार, हमासका एक उच्च अधिकारीले युद्वविरामको सम्झौता अन्तर्गत रिहा हुनसक्ने भन्दै ३४ जना बन्दीको नाम सार्वजनिक गरेका छन् । रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको समाचार संस्था बीबीसीले जनाएको छ । सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन् । यद्यपि उक्त नामावलिमा हमासले बन्धक बनाइएका नेपाली विपिन जोशीको नाम भने समावेश नभएको पाइएको छ ।


ADVERTISEMENT

# # #


हमासले गत ७ अक्टुबर सन् २०२३ मा इजरायली भूमिमाआक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए । सोही क्रममा हमासको टोलीले विपिनलाई अपहरण गरेको थियो । त्यसयता विपिनको सम्बन्धमा केही खबर प्राप्त भएको छैन ।

बीबीसीका अनुसार हमासले सार्वजनिक गरेका बन्धकहरूको नामहरू निम्न रहेका छन् :

रोमी गोनेन, एमिली दमरी, अर्बेल येहूद, डोरोन स्टेनब्रेकर, एरियल बिबास, कफिर बिबास, शिरी सिलबरम्यान बिबास, लिरी अल्बाग, करिना अरिएभ, अगम बर्गर, डानियल गिलबोआ, नामा लेवी, ओहद बेन–अमी, गाद मोशे मोशे, कीथ शमूएल सिगल, अफर कलदारोन ,एलियाहू शराबी, इट्जाक एल्गारेट, श्लोमो मन्सूर, ओहाद याहलोमी, युसेफ युसेफ अलजियादना, ओडेड लिफशिट्ज, तसाची इदान, हिशम अल–सैयद, यार्डन बिबास, सागी डेकेल चेन, इयर हर्न, ओमर वेन्कर्ट, अलेक्जेन्डर ट्रोफानोभ, एलिया कोहेन, वा लेवी, अवेरा मेन्जिस्टु, ताल शोहम र ओमर शेम तोभ ।