काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा देखिएका सबै समस्याको समाधान संविधान संशोधनमा खोज्न नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्ञवालीले संविधान कार्यान्वयनमा पात्र, संस्था र प्रवृत्तिहरूका कारणले पनि समस्या आएको हुनसक्ने भन्दै सवै समस्याको समाधान संविधान संशोधनमा खोज्न नहुने बताएका हुन् ।
उनले संविधान कार्यान्वयनमा देखिएका चूनौतीहरुको पहिचान गरेर मात्रै अघि बढ्न उचित हुने उल्लेख गरे । ज्ञवालीले संविधान संशोधनमार्फत सवै समस्याको हल गर्ने र हल हुन नसके संविधान नै बदल्ने सोचलाई त्याग्नुपर्नेमा जोड दिए । उनले राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन गर्नुपर्ने स्पष्ट पारे ।
मुुलुक स्वभाविक लोकतान्त्रिक अभ्यासमा अघि बढेको ज्ञवालीको भनाई छ ।



























































