काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने दाबी गरेका छन्।
शुक्रवार विपक्षी दलका प्रमुख नेताहरुसंगको भेटवार्तापछि उनले सो धारणा व्यक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अप्राकृतिक भएकोले अब नचल्ने उनको राय छ ।
‘यो गठबन्धन अप्राकृति, अलोकतान्त्रिक र अप्राकृतिक छ भनेर मैले गम्भीर रुपमा पार्लियामेन्टमा पनि बाहिर पनि भनेको सुन्नुभएको छ । अप्राकृतिक ढंगले अब यो चल्दैन,’ प्रचण्डले भने ।
प्रचण्डले हिजो र आज विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।