काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको नेतृत्व र व्यवस्थाले देश नबन्ने बताएका छन्।
शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंगको भेटवार्तापछि लिङ्देनले सो प्रतिक्रिया दिएका हुन् ।
सिंहदरबारस्थित प्रचण्ड–माधवसंगको भेटपछि बाहिरिने क्रममा लिङदेनले सञ्चाकर्मीहरुसँग कुरा गर्दै संविधान संशोधन गरेर अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।
उनले भने, ‘यो नेतृत्व र व्यवस्थाले देश बन्दैन। हामीले संविधान संशोधनको बिषय उठाइरहेका छौं। दुई ठूला दलले संविधान संशोधनको विषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ।’