काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति बिपक्षी दलले नपाए संसद बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
बुधबार बसेको लेखा समिति बैठकमा मोदीले सभापति ऋषिकेश पोखरेलले मार्गप्रसस्त गर्नुपर्ने भन्दै त्यसो हुन नसके संसद बहिष्कार गर्ने चेतावनी दिएका हुन् । प्रधानमन्त्री र लेखा समितिका सभापति एकै दलको हुन नहुने मान्यताको पालना हुनुपर्ने उनले बताएका हुन् । मोदीले अहिलको अध्यादेशले व्यापारिहरुलाई खुलमखुला कालोबजारी गर्न बाटो खुल्ला गरिएको उल्लेख गरे ।
डेडिकेटेड र ट्रंकलाईनको बक्तौता तिर्नका लागि सेटिङमा सिमेन्टको मूल्य बढाइएको हो की भन्ने गम्भीर प्रश्न सिर्जना भएको उनको भनाइ छ ।



























































