काठमाडौँ – प्रहरी वृत्त चापागाउँ परिसरमा पुन:निर्मित भगवती मन्दिर तथा नवनिर्मित प्रवेशद्वारको उद्घाटन भएको छ । बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङको प्रमुख आतिथ्यमा प्रवेशद्वारको उद्घाटन भएको हो ।


ADVERTISEMENT


भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको निर्माणमा सहयोग गर्नेहरूलाई प्रशंसा पत्र वितरण गर्दै एआईजी तामाङले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न समुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिई सहयोग गर्न हुन अनुरोध गरे । उनले पुनःनिर्मित मन्दिर सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पूर्ण स्थानीबासीलाई धन्यवाद व्यक्त गरे ।


ADVERTISEMENT

# # #


एआईजी तामाङले सामाजमा हुने गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण तथा शान्ति सुरक्षा अमन चयन कायम गर्न नागरिकको भूमिका महत्वपूर्ण रहेको बताए ।

उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।