काठमाडौँ– नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु निर्णय गरेको छ ।


ADVERTISEMENT


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले हुलाकी राजमार्गमा आधारित अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । त्यस्तै पदाधिकारी बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्दै बिभिन्न प्रदेशका इन्चार्जहरु तोकेको छ ।

जसअनुसा, कोशी प्रदेशको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल, मधेस प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमा सचिव हितमान शाक्यलाई जिम्मेवारी दिइएको छ भने गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा, लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव गिरिराजमणि पोखरेललाई दिइएको प्रवक्ता सापकोटाले बताए ।.

यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका अन्तरसमिति प्रदेशमा राम कार्की र प्रवास एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिइएको प्रवक्ता सापकोटाले जानकारी दिए ।